कुमारी बैंकले वार्षिक साधारणसभा आह्वान
काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले आफ्नो २४औँ वार्षिक साधारणसभा माघ २१ गतेका लागि बोलाएको हो । सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहान ११ बजेदेखि हुनेछ । साधारणसभा प्रयोजनाका लागि माघ ११ गते बुक क्लोज हुनेछ ।
साधारणसभामा हुने छलफलका विषय यसप्रकार छन्
१. सञ्चालक समितिको आव २०८०।८१ वार्षिक प्रतिवेदन पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०।०८१ को वार्षिक आर्थिक विवरण २०८१ आषाढ मसान्तसम्मको वासलात, आव २०८०।०८१ को नाफानोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरु पारित गर्ने ।
३. यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबिएल सेक्यूरिटिज लिको आव २०८०।०८१ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण पारित गर्ने ।
४. आव २०८१।०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।
ख. विविध ।