हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस शेयर दिने
काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सले १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले इन्स्योरेन्सको आर्थिक वर्ष २०७९।८० को नाफाबाट सो लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने छ।
बोनस शेयरमा लाग्ने कर भने शेयरधनीहरुलाई आफैँले तिर्नुपर्ने कम्पनीले जनाएको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। बोनस शेयर वितरणपछि हिमालयन लाइफको चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ पुग्नेछ जुन लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा धेरै हुनेछ।