ग्याँस लुकाएर अभाव देखाए विभागले जफत गर्ने

काठमाडौँ । बजारमा ग्याँस अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्याँस उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणबिच छलफल भएको छ । ग्याँस उद्योगीका जायज माग सम्बोधन हुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए । जसका लागि बुधबार ११ बजे ग्याँस उद्योगीसँग छलफल गरी उद्योगीसँग सहमति गर्ने उनले बताए । ‘भोलि बिहान ११ बजे उद्योगीसँग बसेर मन्त्रालयमा छलफल गर्ने छौँ ,’ महानिर्देशक पौडेलले भने, ‘उक्त छलफलले ठोस निर्णय निकालेर व्यवसायीसँग सहमति गर्ने छौँ । सबै माग जायज छैनन् ।

उपभोक्तालाई मर्का पर्ने गरी सहमति गर्न मिल्दैन । साथै अहिले ग्याँस आयात र बिक्री नरोकिएको समेत बताए । यदि कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारबाही हुने समेत उनले बताए । ‘ग्याँस लुकाएर अभाव देखाए हामी ग्यास जफत गर्छौँ,’ उनले भने,‘अहिले ग्यास आयात रोकिएको छैन । र रोक्न पनि दिने छैनौँ ।’ ग्यास उद्योगीहरूले पत्रकार सम्मेलनमार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएका थिए । यसपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *