सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

आज सुन तोलामा ५ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।  यस अघि बुधबार सुन तोलाको एक लाख ७० हजार ५०० मा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *