निर्जीवन बीमा कम्पनीको व्यापार २८ अर्ब बढी, पहिलो नम्बरमा शिखर
काठमाडौं । आर्थिक वर्ष २०८१।८२ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख रूपैंया कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १८ लाख ४३ हजार ४५६ वटा बीमा पोलिसी बिक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् । यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा चार अर्ब एक करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तीन अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
साथै, तेस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, आइजीआई प्रुडेन्यिसल इन्स्योरेन्सले दुई अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले पनि दुई अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले पनि दुई अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्सले एक अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले एक अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इनस्योरेन्सले एक अर्ब ५७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले एक अर्ब ४० करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब १६ करोड रुपैयाँ,राष्ट्रिय बीमा कम्पनीले एक अर्ब नौं करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको ।