राजावादी अराजकताको समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाण्डौं । राजावादीहरुले शुक्रबार काठमाडौंमा मच्चाएको अराजकताबारे समिक्षा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक शनिबार बस्दैछ। दिउँसो साढे चार बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राजधानीमा उपलब्ध पदाधिकारी, पूर्वपदाधिकारी सहितको बैठक बस्न लागेको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।
आज बिहानै बैठक बस्ने कुरा थियो तर सभापति देउवा भैरहवा जाने कार्यक्रम तय भएकाले अपराह्न मात्रै बैठक बस्ने भएको हो , ती नेताले भने ुउहाँ फर्केपछि बैठक बस्नेछ। नेपाली लेखक संघको कार्यक्रममा सभापति देउवासहित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भैरहवा जाने कार्यक्रम तय थियो। शुक्रबारको घटनापछि महामन्त्रीद्वयले उपत्यका नछाड्ने कुरा भएको ती नेताले जानकारी दिए।