पाथीभरा केबलकार निर्माण काम तत्कालका लागि यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ ।
शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । छलफलका लागि दुवै पक्षलाई आगामी २६ गते बोलाइएको छ । ‘ निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गाम्भीर्य हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएको,’ आदेशमा भनिएको छ ।
पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आदिवासी, जनजाति लगायत आन्दोलनमा छन् ।