मेयर बालेनसँग डा.लोहनीले मागे पूर्वराजालाई जरिवाना गर्न काटेको पत्रप्रति जवाफ

काठमाडौँ । राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गर्न पत्र काटेकोप्रति जवाफ मागेका छन् ।

सामाजिक सञ्जालमा आज लेख्दै शुक्रबारको राजावादीहरुको आन्दोलनको सात बुँदामा व्यहोरा प्रस्तुत गर्दै बालेनसँग जवाफ मागेका हुन् ।

उनले जे लेखे-

मेयर वालेन सााहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो?

एकपटक निम्न बुदाहरु विचार गरौ।

१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए ।एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति

दिनेपक्ष अर्थात नेपाल सरकार ।

(२) कार्यक्रम सरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी

मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहार वाट आखा नदेख्ने र स्वास फेर्न

पनि गाह्रो अवस्थामा पुगे ।

(३) ठूलो भीडको बिचमा,आफैले भाषण गर्न स्वृकृति दिएको सभामा र भाषण गर्ने मंचमा समेत अश्रुग्यास प्रहार

गर्नु कुन नियम, कानुन र प्रोटोकलले जायज छ ?

यस्को दोषि को हो ?

४) अश्रुग्यास प्रहारवाट भिड आक्रोसित भएर तितर वितर भयो । आफुले स्विकृती दिएर स्वभावत भइरहेको भाषण

र आमसभालाई नेपाल सरकार स्वयंले भाड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेन जीले

कसरी हेर्नु भएको छ ?

५) यस पछिको आक्रोसित भिड र प्रहरी विच द्धन्द र नोक्सान समेत भयो ।

६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो।

७) कानुन बमोजिम यो सव घटनामा स्विकृती लिने र दिने पक्ष हुदाहुदै सवै तथ्य विर्सियर राजा ज्ञानेन्द्र शाहालाई

जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानुन र मान्यताले दिन्छ ?

बालेन जीले जनतालाई राम्रो संग बताउनु पर्यो ।

अन्यथा यो पत्राचार लाई सस्तो लोकप्रियता को दौड मात्र रहेको बुझ्नुपर्ने भएको छ ।

बालेन जि, म जस्ता धेरै काठमाण्डैंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म

तपाइका हितैसि छौं ,तर अव हामीलाई जवाफ चाहियो

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *