सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किए
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् ।
सहकारी ठगीको आरोपमा अदालतमा मुद्दा झेलिरहेका लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो ।
भोली सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व लामिछानेलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । भोलि रास्वपाको केन्द्रीय समितिको विशेष बैठक बस्दैछ । पहिलो बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्नेछन् ।