हामी स्वाभीमानी शिक्षक !

“शिक्षा त्यसलाई भनिन्छ जसले ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्न सक्ने क्षमता बिकास गर्छ”(ज्योतीबा फूले,भारत) ।
कोहि भन्छन् सरकारी
कोही स्थायी,कोही अस्थायी,राहत,करार,अनुदान,निजी,नगर
यस्तै यस्तै नाम किन दिन्छौ सरकार
सक्छौ भने समानता देऊ,सक्दैनौ भने अन्त्यै फालिदेउँ
हरनाम गुमनाम गर्देउँ,शिक्षकलाई शिक्षक नै भन्देऊ
बेस्वादको अनेक पहिचान न देऊ,समग्रमा एउटै नामले पुकार्दे
कसैलाई दबाबमा बिकाऊँछौ,कसैको आत्मामा ठेस पु¥याऊँछौ
क्षमताको कदर गर्दे ए ! सरकार,नभए विद्यालय बन्द गर्देउँ न त सरकार
उच्च शिक्षाको नाममा,नाबालक विदेश पठाउँछौ
ऋण काढेर राहदानी बनाउन लाउँछौ,बा आमालाई बिचल्ली बनाउने
ए सरकार ! तिमी कस्तो शिक्षा दिलाउँछौ
मातृभूमि अनुकूल अनि सिपयुक्त शिक्षा दिनु छैन
कखराको सट्टा अब विदेशी भाषा पढाइदेऊ,
धर्म–संस्कृती र संस्कारसँगै आफ्नै अस्तित्व मेटाइदेऊ कठै ! मेरो देश
थोरै कोटामा धेरै भिडन्त पार्ने,होनहार युवा सस्तो कामदारमा फाल्ने
बेरोजगारीलाई अयोग्य ठान्ने,बोलन सरकार तिमिलाईं,के भनी मान्ने ?
अवसरबिना अनुभवी कहाँ पाइन्छ र,अनुभवीले मात्रै सृष्टि कहाँ चल्छ र
निभेको दियो आफैं सल्कन्छ र,सुनिदेउँन सरकार
पेशाले म शिक्षण गर्छु,नामले म शिक्षक कहन्छु,योग्यताले म परिश्रम गर्छु
स्वयं आफूलाई ज्यालादारी ठान्छु ,र त मेरो मूल्य तोकिएको छैन्
मेरो मूल्याङ्कन जोखिएको छैन्,कामप्रति बफादारी,राष्ट्रप्रति जिम्मेवारी
विद्यार्थीप्रती खबरदारी,सहपाठीबीच समझदारी,म शिक्षक,कठै ! मेरो देश
अनि यो देशको नागरिक म,खानको भोकले आइन् म,लाउँनाको सोखले धाइन् म
नसोच्नुस् पैसै कमाउन आइन् म,चिप्लो कुराले बहकिन्न म,बुझिदेउन सरकार
म त आफैँमा रमाउन आए,नयाँ पिँढीको हात समाउँन आए
अङ्कुरित कोपिलामा रङ्ग भर्न आए,सिक्दै–सिकाउदै,चेतनाको दियो बाल्न आए
खुसिको परिभाषा,त्यो अबोध मुस्कानमा पाए,सरकार !
व्यबहारमा गद्दार जानेको छैन्,कसैको उद्धारमा बाँचेको हैन्,थाहा छ
आहा ! नि होइन्,छ्या ! पनि छैन्,अरुको डाह कदापि भएन्
सफलताको दौडानमा नभए नि पास,जीवन जिउने कलाको हो यो अभ्यास
कठै ! मेरो देश,कसरी सम्झाउ ?
शिक्षकलाई कर्मचारी गनिदेउँन सरकार,मलाई नि शिक्षक भनिदेउँन सरकार
समानताले न्वारान गरिदेउँन सरकार,आत्मनिर्भर भई बाँच्नदेउँन सरकार !
(लालबन्दी,सर्लाही,मधेश प्रदेश,चैत २२ गते वि.सं.२०८१) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *