ग्लोबल आइएमई बैंकको ‘रुफटप सोलार कर्जा योजना’
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसका अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न ‘रुफटप सोलार कर्जा योजना’ सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्य नवीकरणीय ऊर्जा पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् ।
यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसाय जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरूले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपनतर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।