भिजिट भिसामा जुनसुकै देश जान अनलाईनबाटैआवेदन दिन मिल्ने

काठमाडौं । नेपाली युवाहरुले नेपालकै पहिलो अनलाइन भिसा आवेदन पोर्टल संचालनमा ल्याएका छन्। ट्राभल व्यवसायमा करिब एक दशकदेखि क्रियाशील युवा उद्यमीहरुको समूहले यो पोर्टल निर्माण गरेको हो। नेपेक्स ट्राभल्स नामक कम्पनीमार्फत विकास गरिएको यो पोर्टल प्रयोग गरेर अब नेपालबाट विश्वका जुनसुकै देशका लागि भिजिट भिसाको आवेदन सजिलै दिन सकिन्छ। संस्थापक संगम सिंहका अनुसार, यस पोर्टलमार्फत केही क्लिकमै आवश्यक कागजातहरूको चेकलिस्ट, ट्राभल आईटिनरी, र हवाई टिकटको रिजर्भेसन गर्न सकिन्छ भने सेवा शुल्क र भिसा शुल्क पनि अनलाइनमार्फत तिर्न सकिन्छ।

नेपाल आउने पर्यटकका लागि यो पोर्टल अझ उपयोगी मानिन्छ। यसले लामो अध्यागमन लाइनमा बसेर भिसा आवेदन दिने झन्झटबाट मुक्त गराउँदै, इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (इटिए) को सुविधा प्रदान गर्छ। पर्यटकले अनलाइनमार्फत भ्त्ब् लिएर सजिलै नेपाल प्रवेश गर्न सक्नेछन्, र अध्यागमनमा झन्झट बिना भिसा प्राप्त हुनेछ। संस्थापक सिंहको विश्वास अनुसार, यो नयाँ प्रविधिले नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *