राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिने, रास्वपा आन्तरिक छलफलमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

छलफलपछि यस्तो निर्णय लिएको खबर प्राप्त भएको छ ।‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार गर्छौं’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भने । उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा रहेको बताइन्छ ।

सरकारले समिति बनाएपछि रास्वपा आन्तरिक छलफलमा

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाएपछि आन्तरिक छलफलमा जुटेको छ । राप्रपा प्रवक्ता मनिष झाले भिजिट भिसा प्रकरणमा सरकारले बनाएरको समिति सम्बन्धि पार्टीको धारणा बनाउन सांसदहरू आन्तरिक छलफलमा रहेको र दलको आधिकारीक धारणा संसदमा दिने जानकारी दिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने भनिएको छ । भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा-रास्वपाले लामो समय देखि संसद्को कामकारबाही बहिष्कार र अवरुद्ध गर्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *