गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा

काठमाण्डौं । गोरखा दरबारबाट पठाइएको फूलपाती सोमबार साँझ काठमाडौंको हनुमान ढोकामा भित्र्याइएको छ। सोमबार बिहान ७ः३० बजे बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हनुमान ढोका दरबारका लागि फूलपाती ल्याएका हुन्। साइतअनुसार सोमबार साँझ नै हनुमानढोकामा फूलपाती भित्र्याइएको दरबार हेरचाह अड्डाले जनाएको छ।

यसै सन्दर्भमा, सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *