वाणिज्य बैंक लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दीपक श्रेष्ठ र नरेशकुमार यादवलाई पक्राउ गरेको हो । उनीहरूलाई काठमाडौंको छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरिएको परिसरले जनाएको छ । सीसीटीभी विश्लेषणका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । गएको भदौ २४ गते भएको प्रदर्शनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बानेश्वरमा लुटपाट भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *