यस्तो बन्ने छ एमाले केन्द्रीय कमिटीको संरचना
काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीको संरचना तय गरेको छ । पार्टीको बन्दसत्र काठमाडौंको भृकुटिमण्डपमा जारी छ । जारी बन्दसत्रमा विधान संशोधनसहितको प्रस्ताव पेश हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो । त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए । उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।
यस्तो बन्नेछ केन्द्रीय कमिटीको संरचना :
१. पदाधिकारी (१९)जना
–अध्यक्ष : १
–उपाध्यक्ष : ५
–महासचिव : १
–उपमहासचिव : ३
–सचिव – ९ जना
२. प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट : ९–८(७२) जना
–खुल्ला : ५
–महिला : ३
–युवा : १
३. खुल्ला कोटा (१२५ ) जना
–खुल्ला : ७१
–महिला : ५२
–युवा : २
४. जनजाति र आदिवासी (२५) जना
–आदिवासी–जनजाति :
–खुल्ला : १५
–महिला : ८
–युवा : २
५. मधेसी (२०) जना
–मधेसी :
–खुल्ला : ११
–महिला : ६
–युवा : २
६. प्रवास (२ जना
–भारत : १
–अन्य देश : १
७. श्रमिक (३) जना
–खुल्ला : २
–महिला स् १
८. अपाङ्गता भएका व्यक्ति (१) जना
– खुल्ला : १
९. दलित (१२) जना
–खुल्ला : ७
–महिला : ४
–युवा : १
१०. थारु (८) जना
–खुल्ला : ५
–महिला : ३
११. मुस्लिम (५) जना
–खुल्ला : ४
–महिला : १
१२. थारु (८) जना
–खुल्ला : ५
–महिला : ३
१३. पिछडिएको क्षेत्र (२) जना
–खुल्ला : १
–महिला : १
















