सुनको मूल्य आज दुई लाख ७० हजार रूपैयाँमा कारोबार

काठमाण्डौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेर हालसम्मै उच्च विन्दुमा पुगेको सुनको भाउ सोमबार भने सामान्य घटेको हो। उक्त दिन सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला दुई लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रूपैयाँ घटेको हो।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *