आस्था
मेरो आस्था जल्दै गर्दा !
मेरो स्वाभिमान ढल्दै गर्दा !
कहाँ थियैाै तिमी ?
थियौ तिमी कहाँ?
मेरो घर जल्दै गर्दा !
त्यो समयसंग आत्म समर्पण गरिसकेको तिमी
फेरि कुन कालखण्डबाट अवतरण भयौ भन !
म आस्थाको भुङ्ग्रोमा सेकिंदै गर्दा !
तिमी कुन सितल तलााउमा जम्दै थियौ?
भन तिमी कुन ऐशमा रम्दै थियौ ?
मेरो बिस्वासको अग्निमा तिनले पिसाव फेर्दा !
तिमी के सेवन गर्दै थियौ?
भन नढांटी भन !
मेरो हजुरबाको घांटीमा धार लाग्दै गर्दा
तिमी के गर्दै थियौ ?
छातीमा हात राखेर भन
मेरो आस्था तिम्रो लगौंटी हो कि फरिया !
जवाफ देउ ?
















