पूर्णबहादुर र शेखरलाई महाधिवेशन स्थल पठाउँछौं : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसभित्रको द्वन्द्व अन्त्यका लागि विभिन्न विकल्पमा छलफल सुरु भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र जारी रहँदा पार्टी संस्थापन समूहका नेताहरू भने त्यसलाई रोकेर पार्टी एक बनाएर जानेबारे छलफल गरिरहेका छन् । आजै सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई बोलाएर विशेष महाधिवेशन केन्द्रित छलफल गरेका छन् ।

छलफलमा सहभागी नेता रामहरि खतिवडाले पार्टीलाई बलियो बनाउनेबारे कुरा भएको बताए । उनले भने, ‘भृकुटीमण्डपमा शेखर कोइराला, पूर्णबहादुर खड्का को हुन्छ गएर सम्बोधन गरेर पार्टी एकता हुन्छ भने पनि त्यो गरौँ भनेर हामी लागेका छौँ ।’ उनले विशेष महाधिवेशन पक्षधर र त्यसको विपक्षमा रहेकाहरूले हठ त्यागेर निष्कर्ष निकाल्नुपर्ने बताए ।’निष्कर्ष पार्टीलाई बलियो बनाउँदा के हुन्छ त्यो गरौँ भन्ने हो । मेरो बाह्रै टक्का नगरौँ भन्ने कुरा सभापतिजीसँगको छलफलमा भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *