भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा न्यौपाने

काठमाडौँ । भक्तपुर उद्योग वाणिज्य सङ्घमा आगामी दुई वर्षे कार्यकालका लागि कृष्णमुरारी न्यौपानेको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। आइतबार सम्पन्न सङ्घको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति निर्वाचित भएका हुन् । साधारणतर्फको उपाध्यक्षमा दिनेश गोसाईं, वस्तुगत सदस्यतर्फको उपाध्यक्षमा विश्वराम दुवाल तथा एसोसिएटतर्फको उपाध्यक्षमा गणेशहरि प्रजापति निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक एवं प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशङ्कर तिमिलाले जानकारी दिए ।

महासचिव पदमा नवीन प्रजापतिलाई पराजित गर्दै रुकेश रञ्जित निर्वाचित हुनुभएको छ भने सचिवमा गौतम सुजखू र कोषाध्यक्षमा रञ्जित मारिखू निर्वाचित भएका छन् । कार्यसमिति सदस्यतर्फ एसोसिएट समूहबाट बिजोन त्वानाबासू र शिशिर किसी निर्वाचित हुनुभएको छ। अन्य सदस्यमा नारायणप्रसाद भुसाल, अनिल शिवाकोटी, अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, राजेश त्वानाबासू, राधाकृष्ण सापकोटा, गणेशभक्त गोसाईं, सुरेन्द्र प्रजापति, महेशकुमार शर्मा, सन्तोषकुमार मिश्र र श्यामप्रसाद मानन्धर निर्वाचित भए । यस्तै, महिलातर्फ कार्यसमिति सदस्यमा सरस्वती कार्की, मञ्जु सुवेदी र कृतन अवाल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *