एनआईसी एसिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
काठमाडौं । एनआईसी एसिया बैंकले गोल्ड लोन सार्वजनिक गरेको छ । बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत ग्राहक महानुभावले ५० लाखसम्मको कर्जा रकम प्राप्त गर्न सक्नेछन् । औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधासहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् ।
















