वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन

काठमाडौं । वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ । परिवारस्रोतका अनुसार आचार्यको बिहीबार साँझ निधन भएको हो । ‘स्टाटस अफ वुमन इन नेपाल का अनुसन्धानकर्ता एवं लेखकसमेत रहेकी आचार्यले महिला अधिकारकर्मीका रूपमा पनि भूमिका निर्वाह गरेकी थिइन् । आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको भूमिकामा पनि काम गरेकी थिइन् । स्वर्गीय आचार्यको आज शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *