मान्शी र प्रियनासँग रोमान्स गर्दै जितु

राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारदेखि धनकुटाबाट फिल्मको सुटिङ थालेको हो । छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायत कलाकार सहभागी भइसकेका छन्। निर्देशक बस्नेतका अनुसार एक महिनाको सेड्युलमा फिल्मको छायांकन गरिनेछ। उनले धनकुटासँगै बराहक्षेत्र र चतराका विभिन्न स्थानमा पनि सुटिङ हुने जानकारी दिए । फिल्ममा जितु नेपालको जोडीका रूपमा प्रियना आचार्य रहने निर्माण पक्षले जनाएको छ।

प्रियना यसअघि ‘झरिपछिको इन्द्रेणी’ फिल्ममा अभिनय गरिसकेकी छन् भने ‘सक्किगोनी’ टेलिश्रृंखलाबाट लोकप्रिय भएकी हुन्। जितु र प्रियना पहिलोपटक यही फिल्ममार्फत सहकार्य गर्दैछन्। कर्णबहादुर फिल्म्स प्रालीको ब्यानरमा निर्माण भइरहेको ‘कार्की साइँला’मा बालकुमार राई निर्माता रहेका छन् भने कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको छ। फिल्मका मुख्य सहायक निर्देशक रोजल थापा, छायाकार डम्बर राई, द्वन्द्व निर्देशक किरण दाहाल, संगीतकार दिप्सन लिम्बु तथा प्रोडक्सन सिबी भण्डारी रहेका छन्। फिल्मको रिलिज मिति छायांकन सम्पन्न भएपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *