आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको सम्झौता

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एकविशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुल अजीज अज्लान अल्अज्लानले हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी ,आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति रहेको थियो । यो सम्झौता केवल एउटा कानुनी हस्ताक्षर मात्र नभएर दुई राष्ट्रको साझा डिजिटल भविष्यको रहेको दुवै पक्षको भनाइ रहेको छ । साउदी अरब हाल आफ्नो भिजन २०३० मार्फत नगदरहित समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ। यस्तो अवस्थामा रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम आइएमई र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम टिक्मोबीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको छ। नेपाल र साउदी अरबको सम्बन्धलाई दशकौंदेखि केवल शारीरिक श्रम र परम्परागत रकम पठाउने माध्यमका रूपमा मात्र हेरिने गरिन्थ्यो तर यो साझेदारीले एउटा डिजिटल वित्तीय कोरिडोर (Digital Financial Corridor) निर्माण गरेको छ ,जसले आर्थिक स्थिरता, डिजिटल सशक्तीकरण र सहज आबद्धतालाई प्रस्तुत गरेको छ । सम्झौता क्रममा रियादमा देखिएको आइएमईको त्यो रातो रङ केवल एउटा ब्रान्ड मात्र नभएर नेपालीहरूको भरोसा र राष्ट्रिय गौरवको प्रतीक हो।टिक्मोसँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको छ। आइएमई, टिक्मोबीचरियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो बनाउने लक्ष्य राखेको छ। सम्झौता भएसंगै आइएमईले टिक्मोमार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ । यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालन मा रहने यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *