गाडी आगजनीमा संलग्न प्रसाईं समूहका दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको महाराजगञ्ज र नैकापमा गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरी–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार छन् । आरोपीहरूलाई थानकोटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । मंगलबार बिहान नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको थियो । गाडी आगजनीमा उनीहरूको संलग्नता देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनीहरू दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध रहेको भेटिएको एसएसपी खड्काले जानकारी दिए । गाडी आगजनी गरिएको ठाउँमा सो महाभियानको पर्चा भेटिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *