रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो । कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेको विवरणमा उल्लेख रहेको पाइएको छ । धनुषा–१ मा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेस बाट राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।















