‘ग्लोबल मनी विक’ अवसरमा सिद्धार्थ बैंकका विविध कार्यक्रम

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी विक अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनी विकको अवसरमा साताभर विविध कार्यक्रम भएका छन् । यस वर्षको ग्लोबल मनी विकको नारा ‘स्मार्ट मनी टक्स’ रहेको थियो । बैंकले सात प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

बैंकिङ सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने प्रयास गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यी कार्यक्रममा २ हजार १७१ जना विद्यार्थीको सहभागिता रहेको थियो । ‘साथै बैंकको आधारभूत बैंकिङ सञ्चालन पद्दतिबारे जानकारी गराउने उद्देश्यले ४७८ जना विद्यार्थीलाई विभिन्न शाखाको भ्रमण कार्यक्रम पनि गरिएको थियो’ बैंकले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *