सुयोग्य साकोसद्वारा कौशी खेतीका लागि निःशुल्क विरुवा वितरण

काठमाण्डौ । कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले ६९औं राष्टिय सहकारी दिवसका अवसरमा कौशी खेतीका लागि सदस्यहरुलाई तरकारीको विरुवा वितरण गरेको छ । संस्थाको आफनै प्रांगणमा अध्यक्ष टेकबहादुर लिम्वु तथा उपाध्यक्ष पमी न्यौपानेद्वारा सदस्यहरुलाई विरुवा वितरण गरिएको थियो । कार्यक्रममा संक्षिप्त सम्वोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार चित्राकुमारी थाम्सुहांग सुव्बाले भनिन्, संस्थाले सदस्यहरुको सुस्वास्थ्य र आत्मनिर्भरताका लागि कौशी खेतीलाई प्रवर्धन् गर्न यस पटकदेखि तरकारीको विरुवा वितरण गर्न शुरु गरिएको हो ।

विषादीयुक्त तरकारीको प्रयोगले पछिल्लो दिनमा नसर्ने रोगीको संख्या बढ्दै गएको सन्दर्भमा वितरित विरुवाबाट उत्पादित तरकारीको प्रयोग गरी सदस्यहरुलाई स्वस्थ रहन उनले अनुरोध गरिन्। उनले सदस्यहरुको परिवारका लागि प्रतिष्ठित शैक्षिक संस्था ग्रामर फाण्डेशनसँग सुयोग्यले सहकार्य गर्ने सम्झौता भैसकेको जानकारी गराउँदै आफना छोराछोरीलाई भर्ना गरी छुट सुविधा लिन सकिने जानकारी दिइन् । संस्थाकी सदस्य वलमाया पहरीबाट संचालित अरुण नर्सरीबाट वोडी, करेला, जुके फर्सी, भण्टा, भेडे खुर्सानी, घिरौला, राजमा सिमी, तिते करेला, क्याप्सि कम र काँक्रोको विरुवा ७ सय भन्दा वढी वितरण भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *