६९ औं राष्टिय सहकारी दिवस शुभकामना
हित र भावले
खुसि जनाउँ
सहकारी माया
सुखि मनाउँ ।१
मान्यता दिए
आवाज एउटै
मान्नु पर्दछ
जन हुन देउतै ।२
लिनु हुदैन
जन आवाज बेग्लै
परिन्छ भोलि
जनविना एक्लै ।३
खुसि तुल्याउ
अग्रजहरुको
दिव्य जोतिझै
राख समाजको ।४
रोइ कराई
पाउ नछुनु
जन आवाजमा
एक्लो नहुनु ।५
सच्चा चरित्र
डुलाउनु हुन्न
मनको पवित्र
भुलाउनु हुन्न ।६
सहकारीका
नेतृत्व भक्ति
कहिल्यै नटुटोस
यो हाम्रो शक्ति ।७
डटेर लडनु
दृढ सामना
हरपल चिरायु
शुभकामना ।८
धेैर्यले गर्नु
सेवा भावना
उदेश्य पूरा
हवस कामना ।९
सहकारीमा
दिलचस्वि दिनु
माया ममता
हाँसेर लिनु ।१०
बलियो भनि
अघि बढिन्छ
भोलिका दिनमा
ओैंला ठडिन्छ ।११
सवैका सामु
पुर्याउं होस
इज्जत जान्छ
गर्नु हुन्न जोश ।१२
सहकारि हितका
निग्रा नचुस्
काम गर्नु अघि
सोचेर बुझ ।१३
बोल्दैनन जन
एक्लो हुदांमा
हट्दैन न्याय
हामी रुदांमा ।१४
ईर्ष्या आकाङ्छा
भरिपुर्ण पावस
दिलको आशा
एक छत्र छावस ।१५
भावना अन्त
मन गए रोला
होस पुर्याउनु
बुद्धि ठिक होला ।१६
जन आवाज
प्रेरणा बनोस
हाम्रा मनले
खुसी जनोस् ।१७

ल्यागत नराम्रो
ठिक हुन्न बानि
तड्पिनु पर्ला
जानि नजानि । ।।१८
स्वच्छ भावले
गरुं काम बन्छ
निस्ठा वानका
कुरा वोलुं भन्छ ।१९
भोलिका दिनमा
मान्यता पाउं
सहकारीको
गुण भाव गाउँ ।२०
सच्चा चरीत्र
दिलभाव खोज
ईर्षालु नयन
तिमिले नरोज ।२१
पबित्र बाटो
नजाउँ छोडी
अहित बन्धन
रमाइ तोडी ।२२
परिबेष अब
अर्को नबनाउँ
सहकारी मित्र
झर्को नजनाउँ ।२३
जति छौं हामी
नेतृत्व भार
एकलौटि हैन
गरौं संभार ।२४
मान्य मर्यादा
हामी जमाउं
सुखि मनले
सधैं रमाउं ।२५
भरीपूर्ण हाम्रो
साझा भकारी
हाम्रो बिजय
गर्छन पुकारी ।२६
राज्यले लाद्न
हुदैन खोज्नु
जनहित कार्य
सहकारी रोज्नु।२७
नखोज राज्य
सहकारी भित्र
स्वतन्त्र देउँ
बनोस पवित्र ।२८
नौलो आभाष
देखाउ फोडेर
सहज वनाउ
कलम कोरेर।२९
आशिष मिल्छ
परोपकारी
गरिब जनको
भर भकारी ।३०
एउटै होस मित्र
मनको भावना
जन्म दिनको
शुभ कामना ।३१
६९ ओैं वर्ष
गर्यौ सामना
जन्म दिनको
शुभकामना ।३२
नटुटोस माया
दिलसाथ भित्र
हित र भावले
लिई चित्रबित्र । ३३
नयां नेतृत्व
सुखि जनाउ
जनले माया
दिने वनाउ ।३४
खुसि बचनले
गर्नु सामना
जन्म दिनको
शुभकामना ।।।३५
सचिव
भबिष्य सहकारी।
















