इरानसँगको वार्ता असफल, ट्रम्पले भने- चिन्तित छैन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार पाकिस्तानमा भएको अमेरिका–इरान वार्ताको परिणामबाट आफू चिन्तित नभएको बताएका छन् । ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्धमा अमेरिका अगाडि रहेको दाबी गर्दै यस्तो बताएका हुन् । इरानलाई जसरी पनि जित्ने उनको भनाइ छ । इरानको नौसेनासँग १५८ जहाजहरू रहेको र उनीहरूसँग २८ वटा माइन ड्रपरहरू रहे पनि ती सबै डुबिसकेको उनले दाबी गरे । सायद पानीमा केही माइनहरू बाँकी रहेको उनको भनाइ छ । अमेरिकाका माइन स्वीपरहरू त्यहाँ रहेको उनले बताए । शनिबार पाकिस्तानको इस्लामावादमा इरान,अमेरिका वार्ता भएको थियो तर कुनै सहमति हुन नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् ।
















