सामसंग नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक
काठमाडौं । मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसंग नेपालले ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने कम्पनीले जनाएको छ । यसले सामसंगको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउने जनाइएको छ । यस अभियानअन्तर्गत सामसंगले “सामसङ रेमिटमा बेनिफिट” नामक पहल सार्वजनिक गरेको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ। रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मान्दै, यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गर्ने कम्पनीले जनाएको छ ।
साथै, सामसंगका एआई(सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउँछन् । सामसंगले सजिलो र सहज प्रयोग अनुभवमार्फत जीवनलाई सरल बनाउँछ। यस पहलअन्तर्गत सामसंगले आईएमई रेमिट, एनसेल, खल्ती बाइ आईएमई र हुलास फीन सर्भ लिसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ । यसमा एनलेस रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो ईएमआई, र खल्तीमार्फत क्यासब्याक जस्ता सुविधा समावेश छन्, जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिने कम्पनीको विश्वास छ । यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुनेछ। यस अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी, र सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्ने महत्त्वलाई पनि जोड दिएको छ।
















