मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशकै गौरवको संस्था हो : मुख्यमन्त्री बानियाँ

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको दशौं सभा बैठक प्रतिष्ठानका कुलपति एवं बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा सहकुलपति तथा स्वास्थ्य मन्त्री किरण थापा, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, उपकुलपति डा. प्रदीप जवाली, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लोकेन्द्र बराल, सामाजिक विकास मन्त्रालयका सचिव खुवीराम अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव नुमानन्द अधिकारी, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, डिन सह प्रा. डा. इन्दिरा अधिकारी, निर्देशक सह प्रा. डा. रामचन्द्र सापकोटा, रजिस्ट्रार भिम सागर गुरागाईं तथा स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जितेन्द्र कुमार साहलगायतको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री संस्थाका रूपमा विकसित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रतिष्ठानलाई बागमती प्रदेशको गौरवसँग जोडिएको महत्वपूर्ण स्वास्थ्य तथा प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था भएको उल्लेख गर्दै यसको भूमिकालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले प्रतिष्ठानलाई कानुनी रूपमा कुनै पनि जटिलतामा नपर्ने गरी संघीय संरचनासँग नबाझिने स्पष्ट र व्यवहारिक कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए। साथै, संस्थाको सञ्चालनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री बानियाँले हेटौंडा अस्पतालअन्तर्गत आवश्यक उपकरण खरिद गर्दा पूर्ण रूपमा पारदर्शी, जिम्मेवार र गुणस्तरीय प्रक्रिया अपनाउनुपर्नेमा विशेष जोड दिए। उनका अनुसार जनसेवासँग प्रत्यक्ष जोडिएको क्षेत्रमा गुणस्तरहीन सामग्री खरिद हुने अवस्था कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *