३१ जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार
काठमाडौँ । ट्राफिक प्रहरीले ३१ जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लङ्घन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरेको हो। आइतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको जानकारी दिए। यस्तै सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।
















