राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्, राष्ट्रियसभामा आजबाट नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ । प्रधानमन्त्री वालेन्द्र साहले आर्थिक वर्ष २०८३।८४ का लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठक मध्याह्न सवा १२ बजेबाट सुरु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *