कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा ३८ को उपधारा (१) बमोजिम केन्द्रीय सदस्य भरत शाहको संयोजकत्वमा गठित समितिमा दिलिप ढुंगाना, रमेश नेपाल र पदम भट्टराईलाई मनोनयन गरिएको हो । मनोनयन गरिएका सदस्यमध्ये ढुंगाना धनुषाका, नेपाल भक्तपुरका तथा भट्टराई गुल्मीका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *