भदौ २३ र २४ को घटनाबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले आयोगका सदस्य लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न कसले किन रोक्यो सदनले जानकारी पाउनुपर्ने बताए । उनले पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको छानबिन समितिले बनाएको आयोगको प्रतिवेदन अपूरो रहेको भन्दै पूरा गर्नुपर्ने समेत बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *