आत्महत्या दुरुत्साहनमा कारबाही गर्न रास्वपा सांसद पाठकको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले आत्महत्या दुरुत्साहनमा कारबाहीको माग गरेका छन् । दार्चुलाको व्यास गाउँपालिकास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीले आफूमाथि बलात्कार आरोप लगाएर फसाउने षड्यन्त्र भएको भनाइ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । त्यसपछि उनले आत्महत्या गरेका सांसद पाठकको भनाइ छ । उनको ‘स्टाटस’का आधारमा छानबिन गरी दोषीमाथि आत्महत्या दुरुत्साहनमा कारबाही गर्न पाठकले मंगलबार .(जेठ ५) बसेको प्रतिनिधिसभा बैठकमा माग गरेका हुन् ।

एउटा इमानदार व्यक्तिका लागि आत्मसम्मानभन्दा ठूलो केही हुँदैन । त्यही आत्मसम्मानमा प्रहार हुँदा हिजो दार्चुलाका प्रधानाध्यापक बलबीरसिंह धामीले प्राण त्यागे,” उनले भने, एउटा पूर्वशिक्षक हुनुको नाताले शिक्षकहरूको पीडा र त्यस क्षेत्रको दुःख म बुझ्दछु । यो प्रतिनिधिमूलक घटनाले शिक्षा क्षेत्रमा हुने राजनीतिक चलखेललाई उदांगो पारेको छ । सांसद पाठकले आत्महत्या दुरुत्साहनका दोषी पहिचान गरी कडा कारबाहीको माग गरे । आत्महत्या गर्न बाध्य बनाउने दोषीहरूलाई हदैसम्मको कारबाही होस् भन्ने माग गर्दछु । पाठकका अनुसार, प्रधानाध्यापक धामीले मृत्युअघि आफूले विद्यालयका निम्ति गरेका राम्रा कामसँगै परिवारलाई पनि सम्बोधन गरी स्टाटस लेखेका थिए । उनले मृत्युपश्चात् डीएनए परीक्षण र आफू निर्दोष रहेको प्रमाणित गर्न परिवारका सदस्यलाई आग्रह गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *