वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

मकवानपुर । वाग्मती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित सबै पार्टीका संसदीय दलका नेताले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । वाग्मती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् । वर्षे अधिवेशन आउँदो आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *