प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूची छ । सुरुमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले नियमावलीको मस्यौदामाथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि साुंदहरूले आफ्ना संशोधनसहितका धारणा राख्नेछन् । त्यसपछि प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । यसबाहेक आज प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

नियमावलीमा ३५ वटा संशोधन परेको छ । विपक्षी दलका सांसदहरूले संसदीय समितिको बैठक बस्न मन्त्रीको उपस्थिति अनिवार्य गर्ने, सांसद भएकै कारण अन्य कानुन नलाग्ने गरी नियमावली बनाउन नहुने, संविधान संशोधन कार्यविधिको हकमा नियमावलीमा प्रष्ट व्यवस्था राख्नुपर्ने लगायतका विषयमा संशोधन राखेका छन् । सत्तापक्षकै सांसदहरूले पनि भाषागत त्रुटिसहितका विषयमा संशोधन राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *