बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदै छ । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए । यही १२ जेठमा बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *