रोजल थापाको लेखन तथा निर्देशनमा बन्दै पत्थर पुरुष

अर्नभ फिल्म प्रोडक्शन प्रा.लीको ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र पत्थर पुरुष टाईटल आज सार्बजनिक गरिएको छ। सामाजिक कथावस्तुमा आधारित यस चलचित्रलाई रोजल थापाको लेखन तथा निर्देशन गर्ने भएका छन्। निर्देशक रोजल थापाले चलचित्रले समाजको यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने बताएका छन्।

निर्माण पक्षले कलाकार चयन तथा छायांकन स्थलको तयारी गरि रहेको बताएका छन्। चलचित्र ‘पत्थर पुरुष’ को कलाकार तथा प्राविधिक टिमबारे भने निर्माण पक्षले चाँडै औपचारिक घोषणा गर्ने तयारी गरेको छ। उक्त फिल्मको निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन् भने फिल्ममा दिप्सन लिम्बुको संगीत रहनेछ। निर्माण टिमका अनुसार चलचित्रको प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ र भाद्र दोस्रो हप्ताबाट फिल्म छायांकनमा जाने निर्माण पक्षले बताएका छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *