सम्पत्ति विवरण चाहिए खरानी उठाएर लैजा सरकार : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्याक्ष केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउनेको खोजी नगर्ने सरकारले आफूसँग सम्पत्ति विवरण मागेको भन्दै आक्रोश पोखेका छन् । निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका ओलीले सम्पत्ति विवरण मागिएको भन्दै आपत्ति जनाए । “मेरो घरमा आगो लगाएर खरानी बनाएको छ । अब सम्पत्ति विवरण फारम भर्नुपर्यो अरे,” ओलीले भने, “खरानी उठाएर लैजा सरकार ।”आफूहरूले निर्वाचन परिणाम भने स्वीकारेको उनको भनाइ छ । हामीले निर्वाचनको परिणाम स्वीकारेका छौँ । हामी अन्धविश्वासमा होइन आँखा खोलेर सबै चीजहरू हेर्छौं ।

















