कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८३।०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम सभामुख नन्दा गुरुङले सर्वसम्मत पारित भएको घोषणा गरिन् । नीति तथा कार्यक्रममा पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको छ ।
















