तराईमा तातो दिन, पहाड र हिमालमा वर्षा हुने

काठमाडौं । देशका केही स्थानमा तातो दिन हुँदा केही भूभागमा भने वर्षाको सम्भावना छ । तराई क्षेत्रमा तातो हावाको लहर चल्दा पहाड र हिमाली भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा,हिमपातको सम्भावना छ ।

मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ । विभागले राति कोसी प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थान, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा,हिमपातको सम्भावना छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *