लक्ष्मी सहकारीद्वारा सञ्चालित कृत्रिम फूल बनाउने तालिम सम्पन्न

काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. (पनौती नगरपालिका–५, चौकोट, काभ्रे) को आयोजनामा सञ्चालित दुई दिने “कृत्रिम फूलको गुच्छा बनाउने तालिम” भव्य रूपमा सम्पन्न भएको छ। जेठ २३ र २४ गते सञ्चालन गरिएको उक्त तालिम एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो। समापन कार्यक्रममा मुख्य प्रशिक्षक लक्ष्मी श्रेष्ठले संस्थाका सदस्यहरू तालिममा अत्यन्तै इच्छुक र सक्रिय रूपमा सहभागी भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले तालिमले सदस्यहरूको सीप विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो। कार्यक्रमका अवसरमा बनेपा, धुलिखेल र पनौती नगरपालिकाबाट सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

साथै सबै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको र प्रशिक्षक तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले आफ्नै व्यस्तताका बाबजुद तालिम अवधिभर प्रशिक्षणको निरीक्षण गर्दै सिकेको सीपलाई पार्ट–टाइम वा व्यवसायिक रूपमा प्रयोग गर्न सहभागीहरूलाई सुझाव दिनुभयो। उहाँले सहभागीहरूको उत्साह, सक्रियता र विश्वासले संस्था थप उत्साहित भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सदस्य–केन्द्रित कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो। शिक्षा उप–समिति संयोजक शकुन्तला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले सहभागी, प्रशिक्षक, पत्रकार तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गर्नुभयो। उहाँले यो तालिम सदस्यहरूको सीप विकाससँगै भविष्यमा आयआर्जनको बलियो माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *