उरुग्वेविरूद्ध केपभर्डेको सानदार प्रदर्शन

काठमाडौं । विश्वकपको दोस्रो खेलमा दुईपटकको विश्वविजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको छ । उरुग्वे १९३० र १९५० मा विश्वकप जितेको मुलुक हो । केपभर्डे भने विश्वकपमा पहिलोपटक प्रवेश गरेको राष्ट्र हो । उरुग्वेसँग केपभर्डेले २-२ को बराबरी गरेको छ । विश्वविजेता स्पेनसँगको पहिलो खेलमा गोलरहित बराबरी गरेको केपभर्डेले विश्वकपमा आफ्नो गोल दर्ता गराएको हो । केपभर्डेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए ।

४३ औँ मिनेटमा उरुग्वेका मेक्सी अराजाओले ४४ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको अन्तिम समयमा अगस्टिन क्यानोबिबोले गोल गर्दै उरुग्वेले २-१ को अग्रता लिएको थियो । ६० औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । खेलमा बराबरी भएसँगै दुवै टोलीले अंक साझा गरेका छन् । तालिकामा दुवै टोलीले २ अंक जोडेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *