नाडाको स्वर्ण उत्सवमा पूर्वअध्यक्षहरूलाई सम्मान
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले स्वर्ण उत्सव मनाएको छ । विभिन्न कार्यक्रम गर्दै नाडाले आज स्वर्ण उत्सव मनाएको हो । नाडाले आफ्नो ऐतिहासिक स्वर्ण उत्सवलाई सम्झनायोग्य बनाउन दशरथ रंगशाला त्रिपुरेश्वरदेखि होटेल याक एन्ड यति दरबारमार्गसम्म विभिन्न विशिष्ट व्यक्ति, नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, नाडाका पूर्वअध्यक्षहरू, नाडाका सम्पूर्ण सदस्य कम्पनी र पत्रकारको सहभागितामा वाकाथन कार्यक्रम समेतको आयोजना गरेको थियो । स्वर्ण उत्सवको अवसरमा नाडाले आफ्ना पूर्वअध्यक्षहरुलाई सम्मान समेत गरेको छ । यो स्वर्ण उत्सव आजदेखि असार १९ गतेसम्म सप्ताव्यापी रूपमा विभिन्न कार्यक्रमसहित राजधानी र सातवटै प्रदेशमा सम्पन्न हुनेछ । ५० वर्षमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ । २१ जना अध्यक्षले नाडाको नेतृत्व समेत गरिसकेका छन् ।
















