क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै अग्रता दिलाएका थिए । ६६ औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको माौका पाएको थियो । उक्त अवसरको सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले गोल गरे । उक्त गोलसँगै खेल १-१ को बराबरीमा आयो । इन्जुरी समयको ९२ औँ मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पोर्चुगल २-१ ले विजयी भएको हो । खेलको अन्तिम क्षणमा क्रोएसियाले बललाई जाली चुमाएका थिए । भीएआर परीक्षणपछि अफसाइड ठहर हुँदा उक्त गोलले मान्यता पाएन । पोर्चुगलले आगामी यात्राका लागि स्पेनको सामना गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *