पारिजात साकोसद्वारा स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई खाद्यान्न हस्तान्तरण

भक्तपुर । सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा रहेको पारिजात बचत तथा ऋण सहकारी संस्थाले १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल, जोरपाटीलाई खाद्यान्न तथा अत्यावश्यक मेडिकल सामग्री हस्तान्तरण गरेको छ। संस्थाले जोरपाटीस्थित संस्थामा आयोजित कार्यक्रममा पारिजात साकोसका उपाध्यक्ष सुरज थापाले स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका महासचिव केशव थापालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालले दुर्घटना वा अन्य कारणले मेरुदण्डमा गम्भीर चोट लागी हिँडडुल गर्न असमर्थ भएका बालबालिका तथा व्यक्तिहरूलाई पुनर्स्थापना, परामर्श, ह्वीलचेयर सहयोग, शिक्षा तथा आत्मनिर्भर जीवनयापनमा सहयोग पुर्‍याउँदै आएको छ।

संस्थाले उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै समाजमा पुनर्स्थापन गर्न र सम्मानपूर्वक जीवनयापन गर्न प्रेरित गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पारिजात साकोसले सो संस्थामा आश्रित वालवालिकाहरूको दैनिक आवश्यकतालाई ध्यानमा राखी खाद्यान्न उपलब्ध गराएको हो। संस्थाले आफ्नो संस्थागत दायित्वको महत्वपूर्ण अङ्गका रूपमा स्वीकार गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका विविध कार्यक्रमहरू प्रत्येक वर्ष गर्दै आइरहेको जनाएको छ । महिला जागरण तथा सशक्तिकरण उप–समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पारिजात साकोसका सञ्चालक तथा उप–समितिका संयोजक निरञ्जना धौभडेल, सञ्चालक सदस्य विद्या भट्टराई तथा उप–समिति सदस्य श्रीमती राधिका देवी आचार्य र ऋण लगानी तथा असुली उप(समितिका सदस्य चानस वहादुर कार्कीको उपस्थिति रहेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *