नेपालमा औषधि ब्यवसाय र मानव स्वास्थ्य
अर्जुन पोखरेल
नेपालमा औषधि व्यवसाय मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील क्षेत्र हो, यसको मुख्य उद्देश्य नाफा कमाउनु मात्र नभएर नागरिकको जीवन रक्षा गर्नु हो, औषधिको गुणस्तर, मूल्य र सहज पहुँचले समग्र जनस्वास्थ्यको अवस्थालाई निर्धारण गर्छ। नेपालको औषधि व्यवसाय र मानव स्वास्थ्यको आयामलाई निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ :-
१. गुणस्तर र नियमन :-
औषधि व्यवसायलाई व्यवस्थित र गुणस्तरीय बनाउन औषधि व्यवस्था विभागले नियमन गर्छ। विना दर्ता वा म्याद नाघेका औषधिको बिक्रीले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने हुँदा फार्मेसी दर्ता अनिवार्य छ।
२. स्वदेशी उत्पादन र आत्मनिर्भरता :- नेपालमा करिब ४०,५० प्रतिशत औषधि स्वदेशमै उत्पादन हुन्छन् र सरकारले अझै २५ प्रकारका औषधि नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको छ। यसले गुणस्तरीय औषधि सस्तो मूल्यमा उपलब्ध गराउन मद्दत गर्छ।
३. आयुर्वेद र परम्परागत औषधि :-
नेपाल जडिबुटीमा धनी भएकाले आयुर्वेद चिकित्साको माध्यमबाट मानव स्वास्थ्य सुधारमा यस व्यवसायको छुट्टै योगदान छ।
४. स्वास्थ्य बीमा र पहुँच:-
नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ, जसले विपन्न वर्गलाई पनि औषधि र उपचारको सहज पहुँचमा ल्याएको छ।
५. चुनौतीहरू :-
अझै पनि दुर्गम क्षेत्रमा गुणस्तरीय औषधिको अभाव, जथाभाबी एन्टिबायोटिकको प्रयोग, र महँगो स्वास्थ्य उपचार जस्ता चुनौतीहरू कायम छन।















